समाजवादी मोर्चाका विषयमा अफवहा फैलाउने काम भयाे : विप्लव

31

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले समाजवादी मोर्चा गठन भएपछि केही मान्छेहरूमा त्रास र आतंक बढेको दाबी गरेका छन्।

समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चाका विषयमा विभिन्न अफवहा पनि फैलाउने कामसमेत  भइरहेको बताए ।

‘समाजवादी मोर्चाका विषयमा विभिन्न अफवहा फैलिरहेका छन्। केही ठाउँमा त्रास र केही ठाउँमा आतंक जस्तो पनि देखिएको छ। हाम्रो बारेमा विभिन्न प्रतिक्रियावादीहरू लाग्छन र आतंक हुन थाल्छन् भने हामी ठिकै ठाउँमा छौं भनेर बुझ्नुपर्छ,’ चन्दले भने।

उनले समाजवादी मोर्चा निर्माणका क्रममा सामूहिकतालाई बुझेर अघि बढेको उनले बताए। जातीय द्वन्द्ध फैलाउने काम भइरहेको भन्दै त्यसबाट सचेत हुनुपर्ने उनको भनाइ थियो।

‘हाम्रो देश जटिल संक्रमणकालमा उभिएको छ। नेपालमा शान्ति र समृद्धि चाहिएको छ। केही परिवर्तन पनि भएका छन्,’ उनले भने, ‘तर देशको स्थिति पेचिलो बन्दै गइरहेको छ। यसको सामना कसले गर्ने? हामीले गर्ने हो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here