काठमाडौं/ नपाल मेडिसिटी र करुणा फाउण्डेसन् बीच विशेष सम्झौता भएको छ ।
स्वतन्त्र स्थानिय संस्था (इन्डिपेन्डेन्ट लोकल अर्गनाइजेजन) करुणा फाउण्डेसन्का कर्मचारीको उपचारार्थ नेपाल मडिसिटीसग विशेष सम्झौता गरिएको छ ।
नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र करुणा फाउण्डेसनको मनीटरीङ्ग एण्ड इभयालुएसन विभागकि सिनियर अफिसर रुपा सिवाकोटीले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।
अस्पतालका महाप्रबन्धक विजय रिमालले अपाङ्गता भएकाहरुका लागि काम गर्दै आइरहेको संस्थासंग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्नुभएको छ । विशेष सहुलियतका साथ करुणा फाउडेसनका झण्डै ४० कर्मचारीको उपचार गर्ने सहमति भएको छ ।
समाजिक कार्यमा क्रियाशील यस संस्थाका कर्मचारीको स्वस्थ जीवन प्राथमिकतामा रहने भएकाले यस किसिमको सम्झौता गरेको सिवाकोटीले जनाउनुभयो । नेपालकै उत्कृष्ट अस्पतालसंग सहकार्य गर्न पाएकोमा गुणस्तिरिय स्वासथ्य सेवा प्राप्त गर्नेमा वहाँ विश्वस्त रहनुभएको छ।


















