स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज उजुरी दिन पाइने

192

काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी र विरोधको उजुरी दिन पाइने भएको छ। उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ।

निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाविरुद्ध उजुरी दिन पाइन्छ। तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन।

तैपनि, आजै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो। आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने १४ र १५ वैशाखमा गर्नेछ।

जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ। १६ वैशाखमा भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ।

१७ वैशाखमा उम्मेदवार बनेकाले निर्वाचन चिह्न प्राप्त गर्नेछन्। र, ३० वैशाखमा निर्वाचन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here