गिनिज वर्ल्ड रेकर्ड राखेर सजन डंगोलले नेपालीकाे शिर उचाे बनाए

97

काठमाडौं  । टाेखा निवासी सजन डंगोलले ९ हजार २ सय १८ पटक फुटबल छोएर ‘गिनिज वर्ल्ड रेकर्ड’ राखेर सम्पूर्ण नेपालीकाे शिर उचाे बनाएका छन् ।

नेपालको ए डिभिजन फुटबलसमेत खेलेका सजन डंगोलले ‘गिनिज वर्ल्ड रेकर्ड’ नाम दर्ता गरी स्वर्ण अक्षरबाट आफ्नो नाम लेखाइ देशको नाम विश्वभर चिनाउन उनी सफल भएका छन् ।

वि.सं. २०८० फागुन ४ गते (१६ फेब्रुअरी २०२४)  बर्मिङ्घम, युनाइटेड किंगडममा दुई खुट्टाले सबै भन्दा धेरै पटक फुटबल छोएर ‘गिनिज वर्ल्ड रेकर्ड’ राख्न सफल भएका थिए ।

उनले एक घण्टामा एउटा खुट्टाले ९ हजार २ सय १८ पटक फुटवल छोएर ‘गिनिज वर्ल्ड रेकर्ड’ राख्न सफल भएकाे हाे । वि.सं. २०५२ असार २६ गते बुबा मनिराज डंगोल र आमा माेहनमाया डंगोलकाे काेखबाट सजन डंगोलकाे जन्म भएकाे थियाे ।

उनका काका प्रशान्त डंगाेलका अनुसार सजन सानैदेखि फुटबलमा लगाव भएकाले विध्यालय अध्यापनकाे क्रममा अन्डर  १४ उमेर समुहबाट फुटबल यात्रा सुरू गरेकाे जनाए । साथै  टाेखाकाे भगवती क्लब, बालप्रेमी क्लबबाट विभिन्न प्रतियाेगिताहरु खेलेर वि.सं. २०७७-७८-७९ सम्म नेपालकाे मनाङ मर्स्याङ्दि क्लबबाट ए डिभिजन खेलेकाे जानकारी गराए ।

उच्च शिक्षा अध्यापन गर्ने क्रममा बेलायतकाे बर्मिघन सिटी युर्निभरसिटीबाट  स्नातकोत्तर तह इन्टरनेशनल बिजनेश अध्ययन कै क्रममा बेलायतकाे बर्मिंघम टाइगर्स, साल्टले स्टालियन्स, एफ.सीभि ग्रेस डियु जस्ता क्लबहरुबाट विदेशी फ्रेचाइज फुटबल लिग खेलेकाे जनाए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here