सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनप्रति मदन भण्डारी फाउण्डेशनद्वारा दुःख व्यक्त

39

काठमाडौं । मदन भण्डारी फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित र अकल्पनीय निधनबाट नेपालले एक असर, कुशल राजनीतिज्ञ गुमाएको बताउनुभएको छ ।

चीनका लागि पूर्व नेपाली राजदूत समेत रहनुभएका अध्यक्ष पाण्डेले उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । “संविधानवादको उचाइमा रही संविधानसभाको अध्यक्षको हैसियतमा गणतन्त्र नेपालको संविधान निर्माणमा उत्कृष्ट नेतृत्व प्रदान गर्नुभएको थियो” अध्यक्ष पाण्डेले मंगलबार जारी गर्नुभएको शोक बक्तव्यमा भन्नुभएको छ ।

मदन भण्डारी फाउण्डेशनको स्थापनाकालदेखि नै यसका गतिविधिमा चासो राख्दै आवश्यक सल्लाह, सुझाव दिने र प्रगतिको चाहना राख्ने अभिभावकीय भूमिकाप्रति फाउण्डेशनले स्मरण गरेको अध्यक्ष पाण्डेले चर्चा गर्नुभएको छ । उहाँको निधनप्रति फाउण्डेशनले दुःख व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here