एजेन्सी । पाकिस्तानको राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ऋणमा डुबेको छ। ऋणकै कारण यसको सेवा बन्द हुने अवस्थामा पुगेको बीबीसीले जनाएको छ।
पाकिस्तान अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ। यही वर्ष अन्तर्राष्ट्रियव मुद्रा कोषले तीन अर्ब डलरको बेलआउट प्याकेज स्वीकृत गर्दै पाकिस्तानलाई डिफल्टर हुनबाट जोगाएको थियो।
















