अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ

13

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा ६ केजीसहित सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा गढी नगरपालिका-९ टाँगा बस्ने ३० वर्षीय संजय भन्ने अमिर लाल प्रसाद यादव, ४५ वर्षीय जंग बहादुर पासवान र ३२ वर्षीय मनोज यादव रहेका छन् ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here