कांग्रेसको महाधिवेशन २०८२ मंसिरयता नै भइसक्ने ठोकुवा

40

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको महाधिवेशन २०८२ मंसिरयता नै भइसक्ने ठोकुवा गरेका छन्।

बुधबार पोखरामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले महाधिवेशन मंसिर उता जान नदिइने बताए। ‘तपाईंहरूले ध्यान दिनु भए हुन्छ। नेपाली कांग्रेसको महाधिवेशन २०८२ सालको मंसिर महिनाभन्दा उता एक जाँदैन, दुई जाँदैछ, तीन जाँदैन। जान दिइँदैन। २०८२ सालमा चार वर्ष पुग्छ। २०८२ सालमा अधिवेशन गराउने हो’, उनले भने।

थापाले महाधिवेशनका लागि आधारभूत कुरा क्रियाशील सदस्यता भएको र आफू त्यसको संयोजक रहेको स्मरण गराए। यसअघि महाधिवेशन नजिकिइसक्दा समेत क्रियाशील सदस्यताको किचलोले महाधिवेशन नै अन्योलमा पर्ने गरेको थियो। पोखरामा थापाले २०८२ सालको वैशाख १ गतेबाट नेपाली कांग्रेसको क्रियाशील सदस्यताको बारेमा एउटा काम पनि नहुने बताए। भने, ‘नयाँ भरिन्छ, न रिन्यु हुन्छ। फाइल बन्द हुन्छ। २०८२ सालमा अधिवेशन गराउने हो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here