दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने

28

काठमाडौं । अहिले बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जानकारी दिएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहने उसले बताएको छ। सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको महाशाखाको भनाइ छ। साथै नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भू–भाग र मध्य प्रदेशको पश्चिमी भू–भाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here