सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित

51

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित सूचीमा परेको छ । पर्याप्तमात्रामा न्यायाधीन नहुँदा लामिछानेको मुद्दा स्थगित सूचीमा परेको हो ।

लामिछानेविरुद्धगौसला २६ (परिवर्तित नाम) लाई जबरजस्ती करणी गरेको अअभियोगको मुद्दा रहेको छ । ३५ न्यायाधीश भएको काठमाडौं जिल्ला अदालतमा आज १६ जना न्यायाधीशमात्रै उपस्थित छन् । आज उनको मुद्दाको अन्तिम सुनुवाई हुने भनिएपनि न्यायाधीश अभावका कारण मुद्दा स्थगित सूचीमा परेको हो । उनीविरुद्धको मुद्दा अहिलेसम्म २७ पटक पेशी चढिसकेको छ ।

लामिछानेविरुद्धको उक्त मुद्दामा हाल सबैभन्दा ठूलो विवाद उमेर बनेको छ । गौसला– २६ को उमेर १८ वर्षभन्दा कम रहेको भनी मुद्दा दायर भएपनि सन्दीप पक्षका अधिवक्ताहरुले उनी नाबालिका नरहेको जिकिर गर्दै आएका छन् । गौसला २६ को जन्म मिति विवादमा यसअघि स्थानीय तहले प्रमाणित गरेर पठाएपनि गत भदौ २१ गते न्यायाधीश सकुन्तला कार्कीको इजालसले जन्म दर्ता लगायतका कागजात पुन स्थानीय तहबाट प्रमाणिकरणका लागि आदेश दिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here