आज सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित

54

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको जबरजस्ती करणी सम्बन्धी मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ।

यसअघि यो मुद्दा पटक-पटक पेसी चढ्ने अनि स्थगित हुने हुँदै आएको छ। लामिछानेले नाबालिगलाई फकाएर घुम्न लैजान प्रस्ताव राख्दै जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेको छ।

सोमबार भने एक न्यायाधीश बिदामा बसेपछि लामिछानेको मुद्दा स्थगित गराइएको हो। गोला प्रथाद्वारा अदालतमा मुद्दाको तय हुने गरेको भए पनि कुनै न्यायाधीश बिदामा रहँदा उसको परेको पेसी स्थगित गरिने गर्छ। त्यही कारण सन्दीपको मुद्दा पनि बिदामा रहेका न्यायाधीशकोमा गोलाबाट पेसी परेपछि स्थगित भएको हो।

सन्दीपको मुद्दा केशव घिमिरेको इजलासमा पेसी तोकिएको थियो। उनी बिदामा भएका कारण आजको सुनुवाइ स्थगित भएको हो।

यसअघि गत २१ भदौमा पछिल्लो पटक सन्दीपको पेसी रहेको थियो। उक्त दिन न्यायाधीश सकुन्तला कार्कीको इजलासमा बादी पक्षले दिनभर बहस गरेपछि उनले बसाइँ-सराइको कागजको ढड्डा झिकाउन आदेश दिएपछि अन्तिम फैसला हुन पाएन। अदालतले माग गरेको विवरण पेस भएपछि तोकिएको पेसी पनि स्थगित भएको छ।

काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ फास्ट ट्र्याकबाट गर्ने भनेपछि हालसम्म तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको पाँच महिना बितिसक्दा पनि मुद्दाले किनारा पाउन सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here