नेता डा. शेखर कोइराला समूहको बैठक बस्दै

192

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक मंगलबार बस्दै छ। बैठक नेता कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बस्ने तय भएको उक्त समूहका नेता अर्जूननरसिंह केसीले जानकारी दिए।

यद्यपी केसी आफैं भने बैठकमा सहभागी हुने नहुने टुंगो लागिनसकेको देशसञ्चारसँग बताए। बैठकमा इतर समूहको भूमिका र आकार बढाउने सन्दर्भमा छलफल हुन लागेको जनाइएको छ।

बैठकमा संस्थापन समूहका नेताहरुलाई समेत आमन्त्रण गरिएको छ। पार्टीको केन्द्रीय समिति बैठकअघि शेखर समूहले छलफल आह्वान गरेको हो। बैठक दिउँसो एक बजेपछि बस्ने तय भएको छ। गत साउनको केन्द्रीय समिति बैठकअघि उक्त बैठक बस्न सकेको थिएन। कांग्रेस केन्द्रीय समिति बैठक यहि असोज ४ गते बस्दैछ। यसअघि असोज २ गते बस्ने तय भएको बैठक दुइ दिन पर धकेलिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here