बैंक खाताबाट रकम ठगी गर्ने सरोज दिवाली पक्राउ

117

काठमाडौं । सिमकार्ड डुप्लिकेशन गरी बैंक खाताबाट रकम ठगी गर्ने सरोज दिवाली पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ ।

काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. ६ घर भई हाल गोकर्णेश्वर २ नयाँपाटीमा बस्दै आएका २२ वर्षीय दिवालीले पीडितले प्रयोग गर्ने मोबाईल नम्बर मोबाईल सेवा प्रदायक कम्पनीबाट सिमकार्ड आफ्नो नाममा नामसारी गरी निकाली सोहि मोबाइल नम्बरबाट छ लाख दुई हजार पाँच सय अन्ठाउन्न रुपैयाँ गठी गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here