लिबियामा भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित

51
People check an area damaged by flash floods in Derna, eastern Libya, on September 11, 2023. Flash floods in eastern Libya killed more than 2,300 people in the Mediterranean coastal city of Derna alone, the emergency services of the Tripoli-based government said on September 12. (Photo by AFP) (Photo by -/AFP via Getty Images)

लिबिया । लिबियामा हालै आएको भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । बाढीबाट सबैभन्दा धेरै प्रभावित डेर्ना शहरमा हजारौंको मृत्यु भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम)ले बिहीबार जनाएको छ ।

“उत्तरपूर्वी लिबियामा बाढीबाट करिब ४३ हजार ५९ जना  विस्थापित भएका छन्,” आईओएमले सार्वजनिक गरको विज्ञप्तिमा भनिएको छ, “पानीलगायत दैनिक उपभोग्य सामग्रीको अभावले धेरै मानिस डेर्नाबाट विस्थापित भएका छन् ।

 

अघिल्लो आइतबार ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको  सहायताकर्मीहरूले बताएका थिएभने डेर्ना नगरका प्रमुख अब्दुलमेनम अल–गैथीधचले नगरको जनसङ्ख्याका आधारमा १८ देखि २० हजार मानिसको मृत्यु भएको बताएका थिए ।

ड्यानियल आँधीसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका  दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here