पोखरी नै कायम हुनु पर्ने माग राखी जन प्रदर्शन

50

काठमाडौं । थ बहि:(ठमेल)स्थित व्यापारिक भवन ‘छायादेवी कम्प्लेस ऐतिहासिक सार्वजनिक पोखरी मिचेर बनाइएको र पोखरी नै कायम हुनु पर्ने माग राखी जन प्रदर्शन गरिएको  छ।सम्पदाप्रेमी समाज नेपालको आयोजनामा आज इन्द्रचोक स्थित एक सभा गरि लिक्षविकालिन सम्पदा , इतिहास मेटाएर व्यापारिक भवन छायादेवी कम्प्लेस बनाउनुमा जो कोहोलाई कारबाही गरी उक्त स्थान पुन: सरकारको स्वामित्वमा ल्याउन माग गरेको हो।

सम्पदा अभियन्ताहरुले ठमाडौं ठमेलस्थित एतिहासिक बिक्रम शिल बौद्ध महाविहारको इतिहास संग जोडिएको  सरकारी कमलपोखरी र वारिपरीको सरकारी जग्गासमेत ३०/३५ रोपनी व्यक्तिको नाममा दर्ता गरी व्यापारिक भवन बनाउन लगाउने सम्बन्धित पुर्व मन्त्री र सरकारी अधिकारीहरूलाई कडा कारबाही गरी सो क्षेत्र पुन: सरकारी स्वामित्वमा ल्याउन जरुरी रहेको बताए ।
हजारौ सम्पदा अभियन्ता सहभागी र्यालीले ठमेल स्थित छायाँ सेन्टरमा पुगेर सभा कार्येक्रम गरेका थिए।

श्री सिंहसार्थ बाहु गरुड भगवान् गुठी ( विक्रमशिल महाविहार )को ऐतिहासिक कमलपोखरी र त्यसको डिल पुरेर व्यापारिक कम्प्लेस छायासेन्टर निर्माण गरेको भन्दै स्थानीय गुठियार तथा सम्पदा संरक्षण अभियन्ताहरूले पनि ऐतिहासिक पोखरीमा बनाइएको उक्त कम्प्लेस भत्काउनुपर्ने माग गर्दै सर्वोच्चअदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

 

के हो लिक्षिविकालमा बिकास भएको थँवहिल ( विक्रमशिल महाविहार ) ?

नेपाल भाषामा ‘ थँ ’ को अर्थ जेष्ठता , उच्चता अग्लो र माथिल्लो हो । थँवहिल इलाका यँगाल, लगन, इन्द्रचोक  भन्दा माथि अर्थात अग्लो ठाउंमा परेकाले यस ठाउंमा श्रेष्ठ प्रधानद्वारा क्रमशील धर्मधातु राजमहाविहारलाई थँवहिल भनिएको हो । थँवहिल शब्द अपभ्रंश हुँदा ठमेल बन्न पुग्यो , जसरी कीर्तिपुरको चोयबहा: ( उच्च ठाउँमा रहेको बुद्ध विहार )  चोभार बन्न गयो ।

राजा गुणकामदेवले ने स . १०६ ताका कान्तिपुर नगरलाई व्यवस्थित ढंगमा बसाउँदा थमग्राम भनिने थँवहिल काठमाडी नगरदेखि बाहिर एकलास – एकान्त र छुट्टै स्थानमा थियो । नगरलाई ठहिटी क्वा बहालदेखि असन माछा देवतासम्म चधुपुर्द , माछा देवतादेखि मखन बहालसम्म दथुपुँई, मखन देखि मरूसत्तल ( काष्ठमण्डप ) सम्म लायकुपुई र काष्ठमण्डप मरूसत.देखि यंगाल हिटीसम्म क्वथुपुई गरी जम्मा ४ प्रशासनिक एकाइमा वर्गीकरण गरिएको थियो । चारवटा पुईभित्र १८ वटा बज्राचार्यको मूल महाविहार र १६ शाक्यको बुद्ध विहार रहेका छन् । तर यी कुनै पनि बिहार र महाविहारसँग कुनै सम्बन्ध नरहेका प्रधान जातका श्रेष्ठको बहिल बुद्ध बिहार दे आचार्य गुथिसँग पनि सम्बन्धित छैन् ।

ने.सं. ३४४ मा निर्मित थँवहि ( विक्रमशील महाविहारको मूलदेवता सिंहमार्थवाह ( गरूड भगवान ) लाई मूल मानी पुज्ने परम्परा छ । सिंहसार्थवाह प्रधानका पुर्खा हुन् , बिहारका हरेक पूजा , पर्व , जात्रालगायत कार्य , काठमाडी नगरभित्रका वटा कलमा बसोबास गर्ने मान प्रधान , लाल प्रधान , प्रसाद प्रधान र नरसिंह प्रधानको नेतृत्वमा ती कव:मा पनि तखाछें कब , दुनेछें कव: , तासीचुक कव: र पिण्याछे कव: , मुख्य ताला बक , तर्ध कब र असं कव:का प्रधान श्रेष्ठहरू सहायक हुन् ।  बालाजुमाथि जामाचो नागार्जुन चेत्यलाई दुगुद्यो र पुरानो गुहेश्वरी मनमैजुलाई आँगनदेवता मान्ने  थँवहिलका प्रधानहरू उपत्यकावासी श्रेष्ठ बुद्धधर्मावलम्बीको आस्था केन्द्रमा असर पुगेकाे  छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here