ललितपुरका व्यवसायीको छाता संगठनकारुपमा अघि बढाउने

188

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्यले आफ्नो जित सुनिश्चित रहेको जनाएका छन् । बज्राचार्यले संघको आउँदो चुनावमार्फत अध्यक्षमा आफ्नो सिंगो प्यानलको जित निश्चित रहेको जनाएका हुन् । हाल उनी वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका छन् ।

असोज १९ गते ललितपुरमा हुने साधारणसभामार्फत चयन हुने नयाँ नेतृत्वमा बज्राचार्यले अध्यक्षकारुपमा उम्मेद्वारी दिएको र जित निश्चित रहेको जनाएका हुन् । बज्राचार्यले आफु संघको अध्यक्षमा निर्वाचित बनेपछि ललितपुरका सम्पूर्ण साना ठूला व्यवसायीको छाता संगठनकारुपमा ललितपुर उद्योग वाणिज्य संघलाई अघि बढाउने याेजना रहेकाे जनाए ।

नेवाः समुदायको मौलिकतालाई ब्राण्डकारुपमा अघि बढाउन नेपाल उद्योग वाणिज्य महासंघ, केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय अघि बढाउने समेत बज्राचार्यले जनाए । यही असोज १९ गते हुने संघको साधारण सभामार्फत २२ सदस्यीय कार्यसमिति चयन हुन्छ । बज्राचार्य प्यानलको वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, उद्योग उपाध्यक्षमा आपु लाल अवाले, वाणिज्य उपाध्यक्षमा राकेश भक्त  मुल्मी, संस्थागत उपाध्यक्षमा मुकुन्द महर्जन महासचिवमा भूमिनन्दन कर्माचार्य र कोषाध्यक्षमा मिलन शाक्य रहेका छन ।

त्यस्तै उद्योग समूहबाट कार्यसमिति सदस्य उम्मेदवारहरु प्रविन ताम्राकार, प्रविन बज्राचार्य, विष्णुलाल सिकर्मी, शैशव कृष्ण श्रेष्ठ, सजना श्रेष्ठ (नेम्कुल) हुन् भने वाणिज्य समूहबाट कार्यसमिती सदस्य उम्मेदवारहरु पुष्प कुमार थापा, प्रसम राज बज्राचार्य, राजेश राज बज्राचार्य, विमला शाक्य र शर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य, हरिराम जाेशी हुन् । बज्रचार्यले संघको कार्यसमितिलाई चाहिने पदाधिकारीसहितको २२ जना नै उम्मेद्वार आफ्नो प्यानलमा रहेको जनाए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here