हनुमानढोमा इन्द्रजात्रा हेर्न राष्ट्रपति र उपराष्ट्रपति हिडेर पुगे

54

 काठमाडौं । ऐतिहासिक इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादव काठमाडौंको हनुमानढोमा हिडेर पुगेका छन् ।

इन्द्रजात्रामा बिहीबार तल्लो टोल (बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै बसन्तपुरसम्म) मा रथयात्रा हुनेछ ।

रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुख सहित विशिष्ट व्यक्तिहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्नेछन् ।
रथयात्रा सकिएपछि दागी (इन्द्र देवताकी आमा सँगसँगै वर्षभरिका दिवगत व्यक्तिका परिवारहरु रथ यात्राको रुटमा नगर परिक्रमा गर्ने) परम्परा छ ।

सोही परम्पराअनुसार राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादव हनुमानढोका पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here