नयाँबानेश्वर चोकमा डाक्टरहरूकाे प्रदर्शन जारी

32

काठमाडौं। काठमाडौंमा शुक्रबार पनि डाक्टरहरूले प्रदर्शन गरेका छन् ।  कार्यस्थलमा सुरक्षाको माग गर्दै उनीहरुले नयाँबानेश्वर-माइतीघर सडकमा बसेरै प्रदर्शन गरेका हुन् ।

डाक्टरहरू माइतीघरबाट नयाँबानेश्वर चोकसम्‍म अएर सडकमै बसेर प्रदर्शन जारी राखेका छन् । उनीहरूले डाक्टरमाथिको कुटपिट बन्द गर, ‘प्रजनन्  सम्बन्धी डाक्टरको जीवनको रक्षा गर’का नारा उनीहरूले सडकमै लगाएका छन् ।

अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले केही दिनयता काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका छन् । बीच सडकमै विरोध प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here