प्रचण्डलाई असफल बनाउन इन्धनको मूल्य बृद्धि

31

काठमाडौं । भूतपूर्व अर्थ सचिव तथा वर्तमान आपूर्ति सचिव मधु कुमार मरासिनीलाई भ्रष्टाचारको आरोप लागेसँगै निलम्वनमा परेका छन् । पछिल्लो समय आरजु राणासँगको सेटिङ गरेर प्रचण्डलाई असफल बनाउन इन्धनको मूल्य बृद्धि गर्न भूमिका खेल्दै आएका बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मरासिनीका विरुद्धमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै उनी निलम्वनमा परेका छन् । उनीसँगै नेपाल टेलिकमका सिईओ सुनिल पौडेल पनि निलम्वनमा परेका छन् ।

भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियारले मुद्दा दर्ता गर्ने वित्तिकै जुनसुकै सार्वजनिक पदमा रहेका व्यक्ति निलम्वन हुने कानुनी व्यवस्था छ । अख्तियारले पाँच जनाविरुद्ध दर्ता गरेको मुद्दामा मरासिनीसहितका व्यक्तिहरुलाई २३ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाइएको छ । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै मरासिनी सचिव पदबाट समेत निलम्वनमा परेका छन् ।

अख्तियारले मरासिनी तत्कालिन महालेखा नियन्त्रक  हुँदा राष्ट्रिय सूचना प्रविधि केन्द्रमा छ वर्षअघि गरिएको पेमेन्ट गेटवे खरिदमा दोषी ठहर गरिएको हो । सचिव मरासिनीसँगै राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन अध्यक्ष संजय शर्मा, कार्यकारी निर्देशक प्रणिता उपाध्याय, नेपाल टेलिकमका सिईओ सुनिल पौडेल, केन्द्रकै सहायक निर्देशक रमेश पोखरेल र लेखाअधिकृत निम बहादुर वलीले मिलेर भ्रष्टाचार गरेको आरोप लगाइएएको छ ।

अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेसँगै सचिव मरासिनीको सबै सार्वजनिक पद यही स्थगन भएको छ । अख्तियारले विशेष अदालतमा दर्ता गरेको मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले कुनै पनि सार्वजनिक पदमा रहन अयोग्य हुनेछन् ।

मरासिनी तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको पालामा अर्थ सचिव थिए । सचिव मरासिनीले नै सञ्चार माध्यममा सो सम्बन्धी विस्तृत समाचार उपलब्ध गराएको आरोप तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले लगाउँदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here