कलाकार अनमोल केसी हिरासतमुक्त

73

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका कलाकार अनमोल केसी हिरासतमुक्त भएका छन्। जिल्ला अदालत काठमाडौंले ३ दिन मात्रै हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाले उनी आइतबार साँझ हिरासत मुक्त भएका हुन्। आइतबार दिउँसो जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले केसीलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका थिए।

उनलाई हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रवक्तामा प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलले जानकारी दिए। हिरासत बाहिर बस्दा प्रमाण नष्ट गर्ने सम्भावना नरहेको, भागीजाने सम्भावना नरहेकाले उनलाई हाजिरी जमानीमा रिहा गरिएको प्रहरीको भनाई छ। ढुंगेलका अनुसार केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी उनकै सहोदर काका उज्ज्वल केसीको जिम्मा लगाइएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार केसीलाई शुक्रबार पक्राउ गरिएको हो। शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालतमा उपस्थित गराइएको थियो।

फिल्म सम्झौता गरेर नखेलेको भन्दै उनीविरुद्ध ‘रावायण’का निर्माता सुप्रिया कटुवालले प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा अभिनेता केसीलाई पक्राउ गरिएको एसएसपी राठौरले बताए। उक्त फिल्म सुदर्शन थापाले निर्देशन गर्दै थिए। आपराधिक विश्वासघात गरेको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here