ललितपुर उद्योग वाणिज्य निर्वाचनमा रुपकमान महर्जनको जीत पक्का

55

काठमाडाैं ।  हस्तकला, उद्योग र व्यापारको केन्द्रको रुपमा रहेको ललितपुर जिल्लाको उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको सरगर्मी बढिरहेको बेला जितहारका अनुमानहरुले पनि बजार पिटिरहेका छन् ।

यसैबीच चुनाबी मैदानमा देखिएका तीन प्यानलहरुले आआफुलाई जीतको  दाबेदार प्रस्तुत  गरिरहेको भएतापनि रुपकमान महर्जन समूहको जीत पक्का रहेको उद्योगी व्यवशायीहरुले जनाउने गरेका छन्  । एकातिर रुपकमान महर्जनको सक्षम, मिलनसार, समन्वयकारी र सुझबुझपुर्ण  व्यक्तित्व, अर्कोतिर उनको प्यानलका सक्षम र लोकप्रिय उम्मेदवारहरुको सन्तुलित मिश्रण ! त्यसमाथि योजनाबद्द प्रचार अभियान, टीमका सदस्यहरुको लगाब, समाजका विभिन्न निकाय, बुद्धिजीवी वर्ग र राष्ट्रिय पहिचान सहितका सामाजिक व्यक्तित्वहरुको विश्वास र साथपनि यही समूहलाइ रहेका कारणपनि जित सुनिश्चित जस्तै देखिएको छ ।

रुपकमान महर्जनसंग भएको  दृष्टिकोण, योजना, कार्यदक्षता र नेतृत्वमा रहेकाले  जितको आधार सबल बनाएको जनाइएकाे छ । व्यापार र उद्योगमैत्री वातावरण निर्माण गर्न र सबै तह र तप्काका उद्दमीहरुको हकहितमा स्पष्ट सोच र अडानकासाथ उभिन सक्ने र हरेक समस्याको  रणनैतिक र सुझबुझपुर्ण निकास निकाल्न सक्ने क्षमताका कारण पनि प्रतिस्पर्धाकाे दौडमा उनी र उनको प्यानल अगाडि देखिएको छ ।

ललितपुर उद्योग वाणिज्य संघलाइ एउटा जीवन्त, उर्जाशील र परिणाममुखी संगठनको रुपमा बिकास गरेर राष्ट्रिय, अन्तराष्ट्रिय सहकार्य प्रबर्द्दन गरी उद्योगी व्यवशायीहरुका लागी सम्भावनाहरुका र अवशरहरुका ढोका खोल्ने प्रतिबद्ताका कारणपनि उनको समुह जीतको नजिक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here