काठमाडौं । अन्तर्राष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको’ थालनी रहेको छ ।
कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय समूह विषयक अन्तरक्रिया पनि गरिएको अभियानका महासचिव तिलोत्तम पौडेलले जनाए ।