अन्जन विष्ट नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा

67

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पर्न सफल भएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लाओसविरुद्ध जारी खेलमा अन्जनले नेपालको लागि किर्तिमानी गोल गरेका हुन्। याेसँगै खेल १–१ को बराबरी पुगेको छ।

अन्जनले भने हरि खड्का र निराजन रायमाझीको नाममा रहेको सर्वाधिक १३ गोलको किर्तिमान बराबरी गरेका हुन्। खेलको ४७ औं मिनेटमा अन्जनले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा पुर्‍याए। सन् २०१४ मा फिलिपिन्सविरुद्धको खेलमा अन्जनले राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here