आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

27

धनुषा । नगराईन नगरपालिका-४ बस्ने रबिन्द्र राउत, देबेन्द्र राउत र अजय राउत समेत तीन भाइको संयुक्त पक्की घरमा पुरी पकाउने क्रममा ग्याँस सिलिन्डर लिक भई बिहीबार बिहान आगलागी हुँदा नगद, लत्ताकपडा, भाँडावर्तन तथा अन्य जिन्सी सामान जलेर करिब ८ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here