राजसंस्था पुनःस्थापनाको माग गर्दै निकालिए मोटरसाइकल र्‍याली

65

काठमाडौं । राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौंमा मोटरसाइकल र्‍याली निकालिएको छ। शनिबार राजसंस्था पक्षधरहरुले मोटरसाइकल र्‍याली निकालेका हुन्।

उनीहरुले अहिलेको देशको अवस्थालाई राजाले मात्रै समाधान गर्नसक्ने बताए। उनीहरुले राजसंस्था अहिलेको अपरिहार्य भएको भन्दै देशमा राजसंस्था पुनः स्थापना हुनुपर्ने माग गरे।

अहिले राष्ट्रिय हित, शान्ति, सम्मुन्नति र राष्ट्रिय एकता अखण्डताका आधारहरु क्रमशः कमजोर बन्दै गएकाले राजसंस्था पुनः स्थापना हुनुपर्ने उनीहरुको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here