हवाई भाडा वृद्धि गरिएकोमा विरोध

36

काठमाडौं । नेपाल विद्यार्थी संघले चाडपर्वको मुखमा हवाई भाडामा वृद्धि गरिएको विरोध गरेको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा नेविसंघका नेताहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीलाई भेटेर आज हवाई भाडामा भएको वृद्धि घटाउन माग गरेका हुन् । हवाई भाडामा भएको वृद्धिका कारण हिमाली जिल्ला र दुर्गम ठाउँमा जाने विद्यार्थीहरु मारमा परेको नेविसंघको ठम्याई छ ।

पर्यटनमन्त्री किरातीले भने हवाई भाडा वृद्धि नभएको दाबी गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री किरातीले अहिले हवाई भाडा वृद्धि नगरिएको भन्दै कसैले आफू खुशी वृद्धि गरेको भए कारबाही गरिने चेतावनी दिए । उनले भने,”हवाई भाडा एक रुपैयाँ पनि बढ्दैन् । ढुक्क भए हुन्छ । हामीले यदि कसैले गरेको पायौं भने कारबाही गर्छौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here