माथिल्लो अरुण जलविधुत् आयोजना बनाउन १ खर्ब ३० अर्ब ऋण पाउने

26

काठमाडौं । विश्व बैंकले माथिल्लो अरुण जलविधुत् आयोजना निर्माणका लागि १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध पाउने भएको छ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रो कोषको संयुक्त वार्षिक बैठकबाट फर्किने क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त कुरा जानकारी गराएका हुन्। विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजर र विकास वित्त तर्फबाट आकिहिको निसोओ सँगको छुट्टै छलफलमा माथिल्लो अरुण जलविधुत् आयोजनाका लागि उक्त सहुलियतपूर्ण ऋण दिने प्रतिबद्धता भएको अर्थमन्त्री महतले  जनाए।

त्यसैगरी आइडिएको २१औं रिप्लेनिस्मेन्ट बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्रीले विश्व बैंकलाई प्रस्ताव गरेको जनाएका  छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here