ईसेवाबाट डिजिटल दक्षिणा पठाउन सकिने

118

काठमाडौं । ईसेवाबाट यसपटककाे दशैंमा पनि डिजिटल दक्षिणा पठाउन सकिने भएकाे छ । ईसेवाले सोमवारदेखि आफ्नो एपमा ‘डिजिटल दक्षिणा’ (Digital Dakshina) सेक्सन पुनः समावेश गरेको हाे ।

डिजिटल दक्षिणाको सेक्सनमा गएर आफूले पठाउन चाहेकाे व्यक्ति वा ईसेवा आईडी छान्रुपर्छ । त्यसपछि तलको अप्सनमा आफ्नो इच्छा अनुसार न्यूनतम एक रुपियाँदेखि बढीमा २५ हजार रुपैयाँसम्म दक्षिणा छान्नुपर्छ ।

यति गरेपछि तपाईंले जति रकम राख्नुभयो, त्यसको कागजको नोट तल देखिन्छ । त्यसपछि प्रोसिड गरेर आफ्नो पिन नम्बर राख्नुभयो भने दक्षिणा सम्बन्धित व्यक्तिकाे ईसेवा अकाउन्टमा जान्छ ।

दक्षिणा पठाइसकेपछि पठाउनेको नोटिफिकेसनमा दक्षिणा कसलाई पठाएको हो भन्ने नोटिफिकेसन जान्छ भने पाउनेको अकाउन्टमा दक्षिणा कोबाट पाएको हो भन्ने सन्देश आउँछ ।

No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here