काठमाडौं । युरो कप २०२४ को छनोटअन्तर्गत बेल्जियम र स्वीडेनबीचको खेल गोलीकाण्डपछि रद्द भएको छ ।
ब्रसेल्समा गोली हानी दुई जनाको हत्या भएपछि सुरक्षाको कारण देखाउँदै बेल्जियम र स्वीडेनको खेल पहिलो हाफमा स्थगित गरिएको थियो र पछि रद्द गरिएको यूईएफएले जनाएको छ ।
गोलीकाण्डपछि एक व्यक्तिले सोशल मिडियामा पोस्ट भएको एक भिडियोमा आफू आक्रमणकारी भएको इस्लामिक स्टेटबाट भएको दाबी गरेपछि बेल्जियमले उच्चस्तरको सजगता अपनाएको छ ।
समर्थक र खेलाडीहरुलाई किङ बाउडोउन स्टेडियममै बस्नका लागि आग्रह गरिएको थियो र पछि उद्धार गरिएको थियो ।
स्वीडिस मिडियाका अनुसार मृत्यु भएका हरुले स्वीडेन टिमको जर्सी लगाएका थिए ।


















