गृहमन्त्रीकाे स्वास्थ्यमा सुधार

64

काठमाडौं । चीन भ्रमणमा रहँद बिरामी परेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि आइसियुबाट जनरल वार्डमा सारिएको छ।

बेइजिङमा रहेका बेला हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत श्रेष्ठको स्वास्थ्यमा सुधार आएपछि जनरल वार्डमा सारिएको हो।

स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठको सचिवालयले जनाएको छ। बुधबार राति हृदयघात भएपछि श्रेष्ठलाई बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पताल लगिएको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here