राष्ट्रपतिले दसैँको टीका लगाइदिने

57

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दसैँको टीका लगाइदिने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार पौडेलले कात्तिक ७ गते विजया दशमीको दिन राष्ट्रपति भवन शितल निवासमा टीका लगाइदिने कार्यक्रम तय भएको छ। टीका लगाउनको लागि राष्ट्रपति भवनको गेट नम्बर १ बाट प्रवेश दिइने छ राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिबाट टीका लगाउन चाहने मन्त्री, सांसद, संवैधानिक निकायका पदाधिकारी, निजामती, जंगी तथा प्रहरीका अधिकृत स्तरका कर्मचारीका लागि दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ। त्यसैगरी इच्छुक सर्वसाधारणका लागि अपराह्न ३ बजेदेखि ५ बजेसम्मको समय तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयले टीका ग्रहण गर्न आउनेलाई मर्यादित पोशाकमा आउन भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here