बहुराष्ट्रिय कम्पनीको मायाजालमा पर्दा बानी र स्वास्थ्य दुबै बिग्रिन्छ

9
–लोकनारायण सुबेदी
आजको आधुनिक भनिने गरेको युगमा मानिसको जीवन यसरी भागदौडमा परेको छ कि त्यसले गर्दा हामीले आफ्नो खानपिनका बारेमा उत्तिको ध्यान दिने गरेका छैनौं, जति हामीले स्वास्थ्य रहनका लागि दिनुपर्ने हो । अझ चाडबाडका बेला त समस्या अझ बढ्छ ।  त्यसैले अचेल हाम्रो स्वास्थ्यमा कुनै न कुनै कठिनाई उत्पन्न हुने र बढ्ने गरेको छ । हाम्रो दैनिक खानामा हुनु पर्ने आवश्यक पौष्टिक तत्वको कमीका करणले पनि प्राय मानिसहरु बिमारी पर्ने गरेका छन् । त्यस्तो अबस्थमा चिकित्सक या डाक्टरहरुले पनि ताजा र शुद्ध खाने कुरा खान सल्लाह पनि दिने गर्दै आएका पनि छन् । यसका अतिरिक्त हाम्रा भोजन ‘हेल्थ फूड’मा आधारित हुनुपर्ने पनि कतिपयले सल्लाह दिने गर्दछन् । यस्तो बेलामा आफ्नोा स्वास्थ्यको चिन्ता गर्दै हामीहरुमध्ये अधिकांश शहरिया भइटोपलेकाहरु बजारमा  कथित ‘हेल्थफूड’नाममा पाइने गरेका खाद्य पदार्थहरु किन्ने होड गर्ने गर्दछौं । तर यहाँ के प्रश्न खडा हुन्छ भने ‘हेल्थफूडका नाममा बिक्ने गरेका डिब्बा या बन्द या शिलबन्द उत्पादनहरु हाम्रो शरीर र स्वास्थ्यका लागि स्वास्थ्यकर छन् त ?
खाद्य सम्बन्धि अध्ययन र अनुगमन गरिराखेका बिभिन्न बिश्लेषकहरुले भन्ने गरेका छन् कि बहुराष्ट्रिय कम्पनीरुका उत्पादनहरुले बजारमा एउटा यस्तो मायाजाल बनाएका छन्, जसको जालमा मानिसहरु सजिलै फँस्ने गरेका छन् । ती बहुराष्ट्रिय कम्पनीहरुले आफ्ना उत्पादनहरुलाई कथित ‘हेल्थ फूड’ आवरणमा उपभोक्ताहरुमा त्यसको लत बसाउन सफल हुने गर्दछन् । जन साधारणहरु पनि ती कम्पनीहरुको आकर्षक बिज्ञापन र प्रभावकारी मार्केटिङ्गको प्रभावमा सजिलै परिहाल्दछन् । यस्तो स्थितिमा फेरि पनि के प्रश्न उठ्दछ भने जुन खाद्य तत्व हामीलाई चाहिन्छ या जुन चीजमा हामीले पहरेज राख्नु पर्ने हुन्छ ती कुराहरु यो कथित ‘हेल्थ फूड’मा होला त ? के बजारमा नाफाका लागि प्रतिस्पद्र्धा गर्नु पर्ने भएर ती कम्पनीहरुले ‘जंक फूड’ हामीलाई भिडाइरहेका र तिनको  लत  बसालिरहेका त छ्रैनन् ? त्यस्ता उत्पादनहरुको सेवनले गर्दा हाम्रो स्वास्थ्य राम्रो हुनुको साटो अझ खराब हुन पुग्दछ ।
त्यसैले यहाँ सबैभन्दा पहिला दैनिक जीवनमा खाइने गरेका बस्तुहरुका बारेमा चर्चा गर्नु उपयुक्त होला । यस्ता खाद्य बस्तुहरु प्राय ग्रामीण क्षेत्रमा पाइने गर्दछन् । हाजकल हरेक दिनजसो बिहानको नास्ता या खाजामा ‘ब्राउन ब्रेड’ अर्थात फुश्रो रोटी खाने चलन बढेको छ । बिज्ञापनका कारणले गर्दा यसलाई ‘ह्वाइट ब्रेड’को बिकल्प पनि भन्न थालिएको छ । जस्तो कि नामैबाट पनि चिनिन्छ कि यो ‘ब्राउन’ या फुश्रो छ अर्थात् यो मैदाबाट होइन आटाँबाट बनेको छ । तर यथार्थमा हामी कसैले पनि राम्रोसँग नियालेर ती खाद्य पकेट हेर्यौ भने तिनमा हामीले कहिल्यै पनि १०० प्रतिशत आटा पाउने छैनों । तिनमा आँटोका साथै धेरै मात्रामा मैदा पनि मैदा, चिनी, नून, भेजिटेबल(तरकारीजन्य सागपात)बाट बनेको तेल र अन्य प्रिजभेटिभ पाइने गर्दछन् । यसरी बिज्ञापन र  प्रचार प्रसारमा दाबी गरिएकोभन्दा बिपरीत किसिमले ती बनेका हुन्छन् । मैदा र चिनीबाट स्वास्थ्यलाई हुने नोक्सानी त निकैलाई थाहा पनि होला । तिनले शरीरको तौल बढाउने काम त गर्दछन् नै । त्यसमा मैदा खाने गर्दा कब्जियतको कठिनाई पनि उत्पन्न हुने गर्दछ भन्ने बिज्ञहरुले बताउने गर्दै आएका छन् । अनि तिनमा राखिएका प्रिजभेटिभम्सहरुले शरीरमा क्यान्सर  जस्ता रोग हुने सम्भावनाको खतरालाई बढाउने गर्दछन् । अनि यस्ता खानाहरु हाम्रो शरीरका लागि स्वास्थ्यकर र उपयोगी कसरी हुन सक्छन् र ? बजारमा अचेल कतिपय उत्पादनहरुमा कम बोसो भएको भन्ने घिउ छाप पनि ठोकेको पाइन्छ । यस्ता कतिपय बिस्कुट, स्न्याक्स र अन्य उत्पादनहरु पनि बजारमा ‘लो फ्याट’ घिउ जस्ता चिजबिजहरु पनि बजारमा ल्याइने गरेको पाइन्छ ।
अनि मानिसहरु अहो यो त खाशा रहेछ भने त्यसप्ररित सहजो आकर्षित पनि हुने गर्दछन् । यसरी ‘लो फ्याट’को लोभमा हामीले ती उत्पादनहरुप्रति आकर्षित हुने गर्दछौं र ती उत्पादन हुदै नहुने लत बसाल्छौं । तर सबै उपभोक्तालाई थाहा नहुन सक्तछ कि यस्ता बढी जसो उत्पादनमा धेरै मात्रामा चिनी प्रयोग गर्ने गरिन्छ । यसका साथै यसमा ‘फ्याट’ अर्थात बोसो पनि हुन्छ । त्यसको बिकल्प दिनका लागि केमिकलद्वारा प्रशोधित तत्वहरु पनि हालिने गर्दछन् । ती केमिकल तत्वहरुको मानिसको शरीरमा अत्यन्तै खराब असर पर्दछ । सम्भव भएसम्म यस्ता चीजहरुबाट बच्नु पर्दछ ।
आचेलका मानिसहरु खाशगरेर यूवाहरुमा नयाँ पेयको माग बढ्दै नै गएको छ । त्यो माग हो ‘इनर्जी ड्रिंक’ । आकर्षक बिज्ञापनका आडमा यूवाहरुमा यस्तो ‘इनर्जी ड्रिंक’ लत बसालिदै लग्ने काम निरन्तर भइरहेको छ ।बिज्ञहरु भन्दछन् – त्यसमा क्याफिन रहेको हुनाले यूवाहरुलाई यो पिउँदा एकै छिन ताजा भएको महसुश अबश्य होला । यसमा धेरै मात्रामा चिनीकासाथै अन्य केमिकल्स (रासायनिक पदार्थहरु)हरु पनि मिसाइएको हुन्छ । ती हाम्रो शरीर र स्वास्थ्यका लागि नोक्सानदायी हुन्छन् । साथै यो ‘इनर्जी ड्रिंक’मा ‘हाइ ग्लूकोज कर्न सिरप’ पनि प्रयोग गरिने गरिन्छ जसले हाम्रो शरीरमा तीब्रताकासाथ बोसो(फ्याट) पैदा गरिदिन्छ । यसैगरी बजारमा अचेल ‘प्रोटिन बार र प्रोटिन सेक’ को माग पनि बढ्दै गएको बताइन्छ । यसको नामैले पनि थाहा हुन गयो कि यो प्रोटिनको बिकल्पमा तयार गरिएको सामाग्री भन्ने दाबी गर्ने गरिएको होला । तर सबैलाई थाहा भएको या नभए पनि बिज्ञहरुले बताउने गरेको यथार्थ कुरा हो कि शुद्ध र पौष्टिकभोजन पाएमा कसैलाई पनि अतिरिक्त प्रोटिनको कुनै आवश्यकता नै पर्दैन ।
त्यसमा पनि अधिक मात्रामा प्रोटिन  लिइनु पनि मानिसको स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ । त्यसैले यसरी बढी प्रोटिन लिनु पर्ने भएमा खेलकूदमा बढी लाग्नेहरु र भारबहन गर्नेहरुले त्यो पनि चिकित्सको उचित सल्लाहामा मात्र लिइनु पर्ने मान्यता अहिले बिकसित भइसकेको छ । यदाकदा अपबाद बाहेक  आम सर्ब साधारणले यसरी अतिरिक्त प्रोटिन लिनुपर्ने आवश्यकता पर्दैन । कतिपयलाई त थाहा भएकै कुरा पनि हो कि कोरोना कालमा लक डाउन भएर बाहिर निस्कन नपाउँदा घरमा बसेर खाना त खानै पर्दथ्यो । लामो समयसम्म घरको शुद्ध र प्राय सात्विक खाना खाँदा धेरै मानिसहरुको शरीर स्वस्थ रहन थालेको थियो । अन्य रोगहरु त्यसबेला प्राय नबढ्नु र भएका रोगहरु पनि कमजोर भएर जानु त्यही शुद्ध र सात्विक भोजनकै कारण रहेको बिज्ञहरु बताउँदछन् । किनकि त्यतिबेला मानिसहरुले कोरोनाका डरले बजारका कुनै खाद्य बस्तु पनि प्रयोग गर्ने गर्दैनथे । केवल घरमै बनेका खाद्य पदार्थ खाइरहेका थिए । कसैलाई बजारमा खाने बस्तुको तलतल लागे पनि त्यो समेत त्यतिबेला घरमै बनाउने गरिन्थ्यो । हुन त त्यस्तो महामारी फेरि कहिल्यै नआओस् । तर कोरोनाको डरले जुन घरेलु खाना खान त्यसले बाध्य तुल्यायो त्यसबाट मानिसहरुको स्वास्थ्यमा सकरात्मक र स्वस्थ प्रभाव देखियो र यो कुरा धेरै मानिसहरुका लागि बरदान साबित भयो । यी सबै कुराबाट हामीले घरमा बनेको शुद्ध र ताजा खाना मै जोड दिनु र नियमितरुपमा खानु पर्दछ, बहुराष्ट्रिय नाफाखोर एजेन्सीहरुको आकर्षक बिज्ञापनको मायाजालमा फँसेर अस्वस्थकर र रोग निम्त्याउने तथा बढाउने खाना खानु हुँदैन भन्ने कुरा एकदमै प्रष्ट छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here