महासचिव एन्टोनियो गुटेरेसलाई द्वन्द्वपीडितहरुले ध्यानाकर्षण पत्र बुझाए

60
United Nations Secretary General Antonio Guterres speaks at the U.N. headquarters on January 16.

काठमाडौं ।  नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई द्वन्द्वपीडितहरुले संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रियामा आफूहरुलाई अन्याय भएको भनी ध्यानाकर्षण पत्र बुझाएका छन्।

द्वन्द्वपीडित साझा चौतारी, बर्हिगमित जनमुक्ति सेना नेपाल र गम्भीर मानवअधिकार उलंघनका पीडितहरुको राष्ट्रिय संजालले अलग–अलग स्मरणपत्र बुझाएका हुन्।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई गम्भीर मानवअधिकार उल्लंघनका पीडितहरुले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाहरुबारे ध्यानाकर्षण गराएका हुन्।

साझा चौतारीका पूर्व अध्यक्ष एवं मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारीले पीडितले लामो समयसम्म नेपालमा न्याय नपाएको कुरा अवगत गराउँदै पत्र बुझाएको बताए।

त्यस्तै बर्हिगमित सेनाका तर्फबाट लेलिन विष्टले पनि पत्र बुझाएका छन्। त्यस्तै सञ्जालका तर्फबाट राम भण्डारीले बेपत्ता पारिएका व्यक्तिहरुको बारेमा सरकारले कुनै पनि न्याय दिने कार्य नगरेको भन्दै स्मरणपत्र बुझाएका थिए।

राष्ट्रसंघका आवासीय संयोजक हाना सिगर हाम्दीमार्फत् उनीहरुले महासचिव गुटेरेसलाई स्मरणपत्र दिएका हुन्।

संक्रमणकालीन न्याय, स्मृति, परिपुरण र फेरि नदोहरिने प्रतिबद्धतामा नेपाल सरकारको कार्यलाई संयुक्त राष्ट्रसंघको सहयोगका लागि उनीहरुको अपिल छ।

कुनै पनि बहानाबाजी गरेर न्याय प्राप्तिमा ढिलाइ नगर्न उनीहरुले ध्यानाकर्षण गराएका छन्। संयुक्त राष्ट्र संघले सरकारलाई यसमा दबाब दिनुपर्ने उनीहरुको माग छ।

बर्हिगमित लडाकुहरुले आफूहरु संक्रमणकालीन न्यायको प्रक्रिया मै नआएको भन्दै यसले आफूहरुलाई अन्याय भएको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here