काठमाडौं । बाँके, राप्ती सोनारी गाउँपालिका-५ चाचरफर्का घाट बस्ने ४५ वर्षीय रामचन्द्र थारू सोही ठाउँस्थित राप्ती नदीको किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, लम्कीचुहा नगरपालिका-३ छतिवन सामुदायिक वनको अगाडि कर्णाली नदीमा सुर्खेत पञ्चपुरी नगरपालिका-१० नासी बस्ने २१ वर्षीया रिता कुमारी धमला (रितु) आइतबार मृत अवस्थामा फेला परेकी छिन् । रूपन्देही, बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँस्थित हाल बसोबास नभएको पुरानो घरको बरण्डामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















