मेस्सीले आठौँपटक बालोन डी’ओर जित्याे

50

लन्डन। केलियन एमबाप्पे र एर्लिङ हालान्डलाई पछि पार्दै आठौँपटक बेलोन डीअर जितेपछि लियोनल मेस्सीले उनिहरुलाई सम्बोधन गर्न छुटाएनन्। अवार्ड थापेपछि ३६ वर्षीय मेस्सीले एमबाप्पे र हालान्डले एक दिन यो अवार्ड हात पार्ने विश्वास व्यक्त गरे।

‘हालान्ड र एमबाप्पेले एक दिन बेलोन डीअर जित्नेछन्। यसपटक एर्लिङ धेरै हकदार देखिएका थिए। उनले च्याम्पियन्स लिग र प्रिमियर लिगको उपाधिसहित हरेकमा सर्वाधिक गोलकर्ता पनि थिए। यो अवार्ड आज तिमीले पनि जित्न सक्थ्यौ। म ढुक्क छु की तिमीले आउँदा वर्षहरुमा यो अवार्ड हात पार्ने छौ ’, मेस्सीले भने।

एमबाप्पेकै फ्रान्स फाइनलमा हराएर मेस्सीले गत वर्ष अर्जेन्टिनाका लागि विश्वकप उपाधि सपना पूरा गरेका थिए। अर्जेन्टिना ३६ वर्षपछि विश्वकप विजेता बनेको थियो। प्रतियोगितामा मेस्सीले गोल्डेन बल र एमबाप्पेले गोल्डेन बुट जितेका थिए।

हालान्ड र एमबाप्पे दुवैले हालसम्म बेलोन डीअर जित्न सकेका छैनन्। उनिहरु दुवैलाई नयाँ पुस्ताका होनाहार खेलाडीका रुपमा हेर्न थालिएको छ। सन् २०१८ मा विश्वकप जितेका एमबाप्पेले दुई सिजन मेस्सीसँगै एउटै क्लबबाट व्यावसायीक फुटबल खेलेका थिए। यता नर्वेका हालान्ड इङ्लिस प्रिमियर लिगमा भित्रिएकै सिजन चम्किएका थिए। उनी प्रिमियर लिगको एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here