बेपत्ता छानबिन आयोगका लागि ३४ जनाको संक्षिप्त सूची सार्वजनिक

17

काठमाडौं । संक्रमणकालीन न्याय टुंग्याउने दुई आयोगका सम्भावित पदाधिकारीहरूको संक्षिप्त नामावलीमा परेका व्यक्तिहरुका बारेमा प्रतिक्रिया जनाउन नाम छनोट तथा सिफारिस समितिले आह्वान गरेको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका लागि ३४ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको सिफारिस समितिले ती नामावलीप्रति प्रतिक्रिया दिन भनेको हो ।

प्रतिक्रिया जनाउने समयअवधि यही वैशाख २० गते ५ बजेसम्म छ । सिफारिस समिति समक्ष आइपुग्ने गरी लिखित वा विद्युतीय रुपमा प्रतिक्रिया जनाउन समितिले आह्वान गरेको हो ।

यसअघि यी दुई आयोगका पदाधिकारी र सदस्यका लागि आवेदन दिएका १११ आवदेकहरुमध्ये ३४ जनाको संक्षिप्त सूची सार्वजनिक भएको छ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको नाम छनोट तथा सिफारिस समितिले संक्षिप्त सूचीमा परेकाहरुको प्रस्तुतीकरणको प्रक्रिया पनि सँगै अघि बढाइएको छ । प्रस्तुतीकरण वैशाख २४ गतेदेखि सुरु भई २६ गते सकिने छ ।

हेर्नुहोस् नाम सिफारिस समितिको सूचना–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here