काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको जनाएका छन्।
मंगलबार काठमाडौंमा आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९ औँ एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले यस्तो जनाएका हुन्।
उनले नेपालीहरु लामो समयसम्म हातमुख जोड्न नै लागिपरेको र साहित्य, संस्कृति र कला सिक्ने र हेर्ने अवसर नै प्रदान नगरिएको जनाए। विभिन्न कालमा शासन गर्नेहरुले जनतालाई अवसरबाट बञ्चित गर्दा नेपाल पछि परेको उनको धारणा थियो।


















