झापा एफसीबाट सर्बियन गोलरक्षक स्टेफन कुपिज खेल्दै

47
सर्बियन गोलरक्षक स्टेफन कुपिज दोश्रो संस्करणको नेपाल सुपर लिगको लागि झापा एफ.सी सँग पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्धित भएका छन्।

झापा एफ.सी. ले आफ्नो सामाजिक सञ्जालबाट कुपिज अनुबन्ध गरेको जानकारी दिएको हो। सर्बियाको यु-१७, यु-१९, यु-२१, यु-२३ राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका कुपिजसँग सर्बियन सुपर लिगा, अर्मेनियन प्रिमियर लिगका साथै युरोपियन च्याम्पियन्स लिग क्वालपफायर र युरोपा लिग क्वालिफायर जस्ता चर्चित युरोपियन लिगमा खेलेको अनुभव छ। २९ बर्षिय सर्बियन गोलकिपर कुपिजको एशियन फुटबलमा पहिलो अनुभव हुनेछ। झापा एफ.सी.सँग जोडिन पाउँदा निकै खुशी रहेको र आफुले यसलाई चुनौतीको रूपमा पनि लिगेको उनले बताए।

“झापा एफ.सी. सँग जोडिन पाउँदा निकै खुशी छु। मेरो लागि यो नँया चुनौती हुनेछ किनकी एशियाली फुटबलमा यो मेरो पहिलो यात्रा हो। अन्य युरोपियन खेलाडीहरू पनि आउने सुनेको छु, नेपाली फुटबलको लागि पनि यो बर्ष महत्वपूर्ण हनेछ। टिमलाई च्याम्पियन बनाउन आफ्नो क्षमताले भ्याए सम्म सबै कुरामा योगदान पुर्याउने छु। ” कुपिजले बताए।

“युरोपियन फुटबलमा लामो समय खेलेर अनुभव बटुलिसकेका स्टेफनलाई अनुबन्ध गर्न पाउँदा निकै खुशी छौँ। उनको आगमनले टिममा छुट्टै उर्जा मिल्ने आशा लिगेका छौं। उनको अनुभव टिमको लागि महत्वपूर्ण हनेछ।” झापा एफ.सी. का प्रवक्ता तथा महासचिव सुजन गौतमले बताए।

“हामी नेपाली फुटबलको स्तर उकास्न हरसम्भव प्रयास गरिरहेका छौं।स्टेफनको आगमनले टिम बलियो भएको छ। उनी सँगै थुप्रै युरोपियन खेलाडी नेपाल आउन सक्नेछन्। अनुभवी खेलाडीहरू नेपाल आँउदा नेपाली फुटबलको उचाई पक्कै बढ्नेछ। उनले झापा एफ.सी. लाई पहिलो प्रयासमा नै लिग जिताउन उल्लेखनिय भुमिका खेल्ने छन् भन्ने पूर्ण विश्वास लिएका छौँ।” स्टेफनलाई अनुबन्ध गराउनुको कारण बताउदैँ झापा एफ.सी. का अध्यक्ष अर्पण बिक्रम खड्काले भने।

झापा एफ.सी. ले मुख्य प्रशिक्षकको रूपमा स्पेनिस ओरिओल मोहेडानो सेगुरालाई नियुक्त गरिसकेको छ। झापा एफ.सी. दोश्रो संस्करणको लागि थपिएको ३ नयाँ टोली मध्ये एक हो। एनएसएलको दोश्रो संस्करण मंसिर ८ गतेबाट काठमाण्डौंको दशरथ रंगशालामा आयोजना हुदैंछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here