क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान

100

काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालउपर उजुरी आह्वान गरेको हो ।

उनी उपयुक्त छैनन् भन्ने लागेमा १० दिनभित्र स्पष्ट आधार खोली समितिमा सूचना वा उजुरी दिन सकिनेछ । उजुरीकर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहने समितिले बताएको छ ।

समितिको बैठकमा बोल्नुहुँदै समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले प्रस्तावित राजदूत पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले सरकारी सञ्चारमाध्यममार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गर्नुभयो । सो प्रस्तावलाई समितिले सर्वसम्मतिले पारित गरेको छ ।

ज्येष्ठ सदस्य सभापति जबराले भन्नुभयो, ‘‘प्रस्तावित पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली समितिमा सूचना वा उजुरी दिन सरकारी सञ्चारमाध्यममार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गर्दछु ।’’

उहाँले प्रस्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्नेसम्बन्धी सूचना प्रकाशन एवम् प्रसारण गर्न समिति सचिवलाई निर्देशन दिनुभयो । उजुरी आह्वानपछि प्रस्तावित राजदूतको संसदीय समितिमा सुनुवाइ हुनेछ । समितिले अनुमोदन गरे पछि राजदूत नियुक्त हुने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here