काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारका कामलाई प्रभावकारी बनाउन एकद्वार प्रणालीबाट काम गर्ने निर्णय गरेको छ ।
आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले त्यसका लागि कर्णालीको प्रदेश राजधानि सुर्खेतलाई मुख्य सम्पर्क स्थान र नेपालगञ्जलाई सहायक सम्पर्क स्थान बनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषदेले तत्काललाई प्रति मृतकका परिवारलाई २ लाखका दरले राहत दिने निर्णय समेत गरेको छ ।


















