बिष्णुमति बृहत सरसफाई कार्यक्रम सम्पन्न

104

काठमाडाैं । नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटीको बिष्णुमति बृहत सरसफाई कार्यक्रम सम्पन्न गत शनिबार सम्पन्न भएकाे छ ।

गत शनिबार भएकाे कार्यक्रममा काठमाडौं महानगरपालिका वडा १३ टंकेश्वर धाैखेल स्थित कमरेड मदनभण्डारी उध्यायन पार्कमा बृक्षारोपन स्थलमा बृहत सरसफाई कार्यक्रम आयोजना भएको कमरेड निर्मल देउलाले जनाए ।

मदनभण्डारी उद्यानमा नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटीको बैठकबाट नेपाल संवत् ११४४ नव बर्षलाई भब्यताका साथ सम्पन्न गर्न गठित समारोह समितिले विभिन्न कार्यक्रमहरु आयोजना गरिने भएकाे  छ ।

विभिन्न तह र तप्कामा रहनु भएका नेतागनहरुको उपस्थिति रहेको कार्यक्रममा नेकपा (एमाले) उपाध्यक्ष अष्ट लक्ष्मी शाक्यले नेकपा (एमाले) जनताको लोकप्रिय पार्टी भएकाले रचनात्मक एवम् सामाजिक काम लगायत धेरै महत्त्वपूर्ण सांस्कृतिकसँगै जाेड्दै जाने महानगरले पार्टीलाई यस्तो ढंगले पनि स्थापित गर्ने काममा लागिरहेको बखत चङ्गा उडाउने महत्वपूर्ण कार्यक्रम राखेको जनाउनुभयो ।

साथै सामाजिक हिसाबले पनि पुरानो बिभेदकारी संस्कृतिलाई अन्त्य गरेर अगाडि बढ्नुपर्ने थप प्रकाश गर्नुभयो । पार्टीका विभिन्न जनसंगठनहरुको उपस्थिति रहेको कार्यक्रममा पुर्वमन्त्री एवम् नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी इन्चार्ज रामेश्वर फुयाल भन्नुहुन्छ `सफाइ इज्जतको, सम्मानका साथै सभ्यता भएकाे जनाए ।

उनले जबसम्म हामीले सरसफाईकाे कार्य थालनी गर्दैनौं तबसम्म देशलाई सुन्दर , शान्त बनाउन सकिदैन । तसर्थ जनताको लागि, सफलताको लागि, सभ्यताको लागि सफाइलाई ध्यान दिनुपर्ने जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here