कांग्रेसको महासमिति बैठक मंसिरमा बस्दै

73

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो। बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मिनबहादुर विश्वकर्माले जनाए ।

उनले यसअघि मंसिरको १३—१५ सम्म बैठक बस्ने भने पनि सफल नभएको र आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भने पनि चाडपर्वको कारण पुनः सार्नुपरेको  जनाए ।

उनले अब राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट बैठक बस्ने जनाए ।

नेता विश्वकर्माले महासमिति बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here