राहत वितरणमा एकरूपता अपनाउन रास्वपाको आग्रह

40

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जाजरकोट भूकम्पका पीडितलाई राहत वितरणमा एकरूपता अपनाउन सरकारको ध्यानाकर्षण गराएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर रास्वपाले ६ बुँदे ध्यानाकर्षण गराएको हो ।

रास्वपाले राहत सामग्री वितरणमा सडक पहुँच राम्रो नभएको ठाउँलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

यस्तै, रास्वपाले भूकम्प प्रभावितहरूका लागि स्वदेश तथा विदेशबाट, सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्राप्त आवश्यक राहत सामग्रीको वितरण लक्षित जनतासम्म भएको यकिन गर्न तथा पीडितहरूको उद्धारमा सम्बन्धित निकायको अनुगमन गर्न पनि आग्रह गरेको छ ।

RSO-1699269497.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here