निफ्राले ४.२१०५ प्रतिशत नगद लाभांश दिने

49

काठमाडौं । नेपाल इन्फ्राइस्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकबाट कर प्रयोजनसहित नगद लाभांश दिने प्रस्ताव गरिएको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र बैंकको आउँदो साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here