जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

83

काठमाडौं । प्यूठान, ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा माण्डवी गाउँपालिका-४ धनचौर बस्ने २६ वर्षीय संगित केसी भन्ने अर्जुन दमाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दमाईले ती महिलालाई बिवाह गर्छु भन्दै प्रलोभनमा पारी सोमबार राति जबरजस्ती करणी गरी नगद तथा जिन्सी सामान समेत ठगी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झापा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-७ सत्तिघट्टा बस्ने २१ वर्षीय अमित राजवंशीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राजवंशीले ती किशोरीलाई सोही नगरपालिका-८ टोकला चिया बगानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here