संघीय संसदका महासचिव गौतमले दिए राजीनामा

68

काठमाडौं । संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पदमप्रसाद पाण्डे सिफारिस भएका छन् ।

आइतबार राजीनामा दिएका गौतमको ठाउँमा पाण्डे सिफारिस भएका हुन् ।

उनको राजीनामा राष्ट्रपति कार्यालय पुगेर स्वीकृत भएपछि प्रतिनिधि सभाका सचिव पाण्डेको नाम महासचिवका लागि सिफारिस भएको हो ।

महासचिव पदमा संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त निर्णयबाट सचिवालयका सचिव पद्यमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको हो ।

महासचिव डा गौतम विसं २०५१ मा सेवामा प्रवेश गरेका थियो भने विसं २०७७ वैशाख २२ गते संसद्को महासचिव पदमा नियुक्त भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here