स्मार्टडोको नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स्को रूपमा मान्यता प्राप्त

124

काठमाडाैं – नेपाली ई–कमर्स् कम्पनी स्मार्टडोकोले भर्खरै आईएमएस ग्रुपको लगानी पछि ४.५ अंक सहित नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स् एप्को रूपमा मान्यता प्राप्त गर्न सफल भएको छ ।

स्मार्टडोको एक अनलाइन सपिङ्ग गन्तव्य हो जस्मा विभिन्न थरीको सामानहरु ग्राहकलाई बिना झन्झट एक क्लिकमै उपलब्ध गराइन्छ । स्मार्टडोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिना अघि पुनः सुरू गरेको थियो । स्मार्टडोकोसँग अहिले १०,००० भन्दा बढि सामानहरू छ र यसले हरेक दिन आकर्षक बिक्रि र आश्चर्यजनक कारोबार गर्ने गर्दछ ।

ग्राहकहरुले रिंगरोड भित्र निः शुल्क डेलिभरी, हरेक खरीदमा रिवार्ड पोइन्ट, भारी छुट र छुट कुपनहरू, सजिलै रिटर्न गर्न सकिनेछ, भुक्तानी विकल्प (नगद ÷ कार्ड ÷ सेलपे ÷ ई–सेवा ÷ मास्टरकार्ड लगायतका थप सुविधाहरु पाउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here