बालाजु बाइपासका सडक पीडितहरुकाे प्रदर्शन

186

काठमाडौं। बालाजु बाइपासका सडक पीडितहरुले सोमबार पनि काठमाडौँ माइतीघर मण्डलामा  प्रदर्शन गरेका छन्।

गैरन्यायिक सडक विस्तारको विरोध गर्दै पीडितहरु र नागरिक अधिकारकर्मीहरुले सोमबार पनि प्रदर्शन गरेका हुन् ।  प्रदर्शनकारीहरुको विकासको नाममा प्रतिगमन भएको भन्दै विकासको नाममा नागरिकलाई सडक छाप बनाउने काम रोक्न माग गरेका छन्। नागरिक आन्दोलन तथा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले सोही मागहरु गर्दै आइतबार काठमाडौं महानगरपालिका घेराउ गरेको थियो ।

साथै प्रदर्शनकारीहरुले आफ्ना अभियन्ताहरुलाई रिहाई गर्न पनि माग गर्दै आएका छन्। सर्वाेच्चको स्टे अर्डरको बेवास्ता गर्दै आफुहरुलाई उठिबास गराएर आदीबासीलाई सुकुम्बासी बनाउन नपाइने आन्दोलनकारीहरुको माग रहेको छ ।

बालाजुको सो विवादित क्षेत्रमा कुनै पनि किसीमका निर्माण कार्य नगर्न सर्वाेच्च अदालत स्टे अर्डर दिएको थियो । स्थानीयले आफुहरुलाई सोही स्थानमा पुन स्थापना गर्न माग गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here