मृत अवस्थामा फेला

31

काठमाडौं । दाङ, घोराही उपमहानगरपालिका-७ हनरिया बस्ने ३० वर्षीय जुगरु चौधरी सोही उपमहानगरपालिका-५ स्थित जनसेवा सामुदायिक वनमा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

उक्त वनमा मालुको पात टिप्न उनीसँगै ५ जना गएकोमा जुगरु नदेखेपछि खोजी गर्ने क्रममा टाउको र मुखमा चोट लागि मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङसमेतबाट खटिएको प्रहरीले घटना सम्बन्धी सोधपुछका लागि ३ जना महिला र ८ जना पुरूषलाई नियन्त्रणमा लिएको छ ।

मृतकको छातीको भागमा भरुवा बन्दुकको ५ वटा छर्रा र पिठ्युमा १ ठाउँमा प्वाल परेको देखिएको छ । साथै मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गंण हे.क्वा.तौलिहवा कपिलबस्तुमा दरबन्दी भई सोही गणमा कार्यरत सशस्त्र प्रहरी जवान भन्ने बुझिएको छ ।  झापा, अर्जुनधारा नगरपालिका-११ बस्ने ४३ वर्षीय बिकुल किसन आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-६ बौद्ध सिद्धार्थहल नजिक बाटोको छेउमा हाल नाम, थर, वतन अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here