कसरी थपियो ९ मा ६० नम्बर ?

190

काठमाडौं / अख्तियारले अनुसन्धान गरिरहेका बेला मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले त्रिवि पदाधिकारीलाई छलफलमा बोलाएको थियो । ९ अंक ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेको स्वीकार गरेका छन् । बैठकमा त्रिवि रजिष्टार डिल्लीराम उप्रेतीका अनुसार विद्यार्थीले परिक्षा दिइसकेपछि उत्तरपुस्तिकालाई एकीकृत गरेर सम्बन्धित परीक्षा केन्द्रले परीक्षा नियन्त्रण कार्यालयमा पठाउँछ ।

परीक्षा नियन्त्रण कार्यालयले प्रत्येक उत्तरपुस्तिकाको भित्रि र बाहिर पृष्ठको नम्बर मिले नमिलेको चेक गर्छ । ‘कसैले छुट्टै पन्नामा उत्तर लेखेर टाँसेको रहेछ भने बाहिर पृष्ठमा थपिएको कापीको नम्बर हुँदैन । वा थपिएकोमा पनि नम्बर नहुनसक्छ । यो हेर्न भित्री र बाहिरी पृष्ठको नम्बर चेक गर्ने गर्दछौं,’ उप्रेतिले भने ।

भित्री र बहिरी पृष्ठको नम्बर नमिलेको अवस्थामा त्यसलाई रद्ध गर्ने र मिलेकाहरुको हकमा बाहिरी पृष्ठ राखेर पुनः नम्बरिङ गरी जाँचका लागि शिक्षकहरु कहाँ पठाइन्छ । कसको कापी कहाँ गएको छ भन्ने पनिकालाई थाहा हुने तर, शिक्षकले कसको उत्तरपुस्तिका जाँच गरेको हो भनेर पत्ता लगाउन नसक्ने उनले बताए ।

शिक्षकले उत्तर पुस्तिका जाँच गरेर पठाएपछि पनिकाको समितिले केही नमूना लिएर उत्तरपुस्तिका जाँच मिले नमिलेको हेर्छ । यदि कुनै नमिलेको भेटिए सच्याइन्छ । यही सच्याउने बेला (नम्बर इन्ट्रीमा) ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेर ६९ नम्बर दिइएको पाइएको रजिष्टार उप्रेतीले जनाए । ‘नम्बर इन्ट्री गर्ने बेला मानविकी संकायका गोप्य शाखाका प्रमुखले ९ नम्बर ल्याएका कोइरालालाई ६९ बनाइदिनु भएछ’ उनले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here